पेनाल्टी सुटआउटमा नेपालले भारतलाई हरायो
मेरोन्यूज
२०८२ कार्तिक १२ गते २०:४१

काठमाडौँ। मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई टाइब्रेकरमा पराजित गरेको छ । भारतको सिक्किमस्थित पाल्जोर रङ्गशालामा आज सम्पन्न खेलमा नेपालले घरेलु टोली भारतलाई टाइब्रेकरमा ३–० ले हराएको हो ।
टाइब्रेकरमा नेपालका सविता रानामगर, रश्मिकुमारी घिसिङ र निशा थोकरले गोल गरेपछि नेपाल विजयी भयो । नेपालका गोलकिपर अञ्जना रानामगरले भारतको पहिलो र तेस्रो पेनाल्टी सजिलै रोकिन् । दोस्रो पेनाल्टी भने बाहिरिएको थियो । त्यसअघि दुवै टोलीले खेलको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा खेलेका थिए ।
खेलको निर्धारित समय बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलमा दुवै गोल पहिलो हाफमा भएको थियो । खेलको ३०औँ मिनेटमा भारतकी सौम्या गुगुलोथले गोल गरिन् । त्यसपछि खेलको पहिलो हाफको अतिरिक्त समयमा नेपालकी अनिता बस्नेतले बराबरी गोल फर्काएकी थिइन् ।
सम्बन्धित

















वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु
निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौँः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै
झापाका समाजसेवी न्यौपाने मृतावस्थामा फेला
पर्सामा एक महिनामा आमाको नामबाट ३३ नागरिकता जारी
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया