आज कात्तिक १४ गते शुक्रबार, कुन राशिकाे भाग्य कस्ताे ?

काठमाडौं । आज २०८२ साल कात्तिक १४ गते शुक्रबार। कात्तिक शुक्ल पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर ३१ तारिख। विश्व सहरीकरण दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : आज व्यवसायमा मनग्य लाभ रहनेछ। काराेबार गर्दा आफुलाइ फाइदा हुनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। अधिकार स्थापित गर्नको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृष : आफन्ततहरूबाट सहयोग पाइने याे छ । स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। सवारी साधनमा धन खर्च हुनेछ। छरछिमेकीसँग वादविवाद सुल्झिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
मिथुन : मानसिक र शारीरिक पक्ष सबल रहनाले हरेक काम बन्नेछ। पदस्थ व्यक्तिको साथ र सहयोग पाइनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस। नयाँ कार्यतर्फ अग्रसर भइनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : मनमा आध्यात्मिक भाव जागृत हुनाले परोपकारी कार्यमा प्रवृत्त भइनेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। शुभचिन्तकहरुको सहयोग मिल्लेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।
सिंह : रोकिएका काम बन्नेछन् याे रहेकाे छ। अध्ययन र सृजनात्मक क्षेत्रमा विकास हुनेछ। व्यापार व्यवसायमा पिताको साथ र सहयोग मिल्नेछ। जीवनसाथिको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।
कन्या : आफन्तहरूसंग रमाइलो जमघट संगै स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। सरिरकाे ख्याल गर्नुहाेला। रचनात्मक कार्यमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
तुला : साथीभाईहरूको सहयोगले कार्य बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जगाउन सकिनेछ। स्वास्थ्य र वाहन चलाउँदा सावधान रहनुहोला। निर्णायक मोडमा दुविधा उत्पन्न होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
वृश्चिक : भाग्यले कार्यक्षेत्रमा नयाँ अवसरहरू दिलाउनेछ। विपरीत परिस्थितिमा बुद्धि र विवेकको प्रयोग गरेर निर्णय लिनुहोला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। यात्रा सुखदाई रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।
धनु : धैर्य र पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ। भविष्यको लागि नयाँ कार्यको जग बसाउने अवसर मिल्नेछ। मेहनतले उपलब्धी दिलाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
मकर : कार्यक्षेत्रमा जोश जागर बढ्नेछ। जीवनको प्राथमिकतालाई अगाडी राखेर कार्य गर्नुहोस्। मानसिक रूपले थकान महसुस हुनेछ। सम्बन्धहरूमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ : नोकरी वा पेशामा आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्नमा असफलता मिल्नेछ। नयाँ कार्य थाल्नुभन्दा पहिलाको कामलाई नै निरन्तरता दिने प्रयास गर्नुहोस्। आश्वासन दिनेहरूले झुक्याउन सक्छन् सचेत रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
मीन :पुरानो कुरालाई लिएर परिवारमा मनमुटाव रहन सक्छ। युवा वर्गहरूमा नयाँ प्रेम प्रसंग प्रारम्भ हुन सक्छ। संवैधानिक पदको जिम्मेवारी स्वयं राख्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

















सुनचाँदीकै मूल्य व्यापक बढ्याे
‘With women’s empowerment nation will move forward towards prosperity’
हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक : रास्वपाका १०४ उम्मेदवार विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
अमरेशलाई बधाई दिँदै गगनले भने- मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
विश्वकप क्रिकेटः भारतविरुद्ध टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
प्रतिक्रिया