तुइन खोला नजिक ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध
मेरोन्यूज
२०८२ कार्तिक १४ गते ९:५३

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजीक माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगाहरू झर्ने क्रम रोकिएपछि सडक खुलाउने कार्यालयले जनाएको छ ।
वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।
मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिक यसअघि सुक्खा पहिरो जाँदा लगातार तीन दिनसम्म सवारी आवागमन बन्द भएको थियो ।
सम्बन्धित










तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
लडेर बालिकाको मृत्यु,
राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड
संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रतिक्रिया