शार्क ट्याङ्क नेपालका शार्कहरूलाई सामसङले दियो ग्यालेक्सी जेड फोल्ड ७
मेरोन्यूज
२०८२ कार्तिक १४ गते १५:१६

काठमाडौँ । सामसङ नेपालले शार्क ट्याङ्क नेपालका शार्कहरूलाई आफ्नो नवीनतम फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड ७ प्रदान गरेको छ ।
यो कार्यक्रमले सामसङ नेपाल, शार्क ट्याङ्क नेपाल र हिमालय टिभी बीचको सहकार्यलाई चिन्हित गरेको कम्पनीले बताएको छ । यस अवसरमा बोल्दै, एमएक्स सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले सामसङ सधैँ मानिसहरूलाई सीमाभन्दा पर सोच्न र नयाँ सम्भावनाहरू खोज्न सशक्त बनाउने विश्वासमा रहेको बताए । ग्यालेक्सी जेड फोल्ड ७ नवप्रवर्तन र बहुमुखी प्रतिभाको प्रतीक भएको उनको भनाइ छ ।
ग्यालेक्सी जेड फोल्ड ७ ले फराकिलो डिस्प्ले र मल्टिटास्किङ क्षमतामार्फत उत्पादकतालाई नयाँ स्तरमा पुर्याउँछ । यस साझेदारीले फरक सोच्ने साहस गर्ने सिर्जनाकर्ता, नवप्रवर्तक, र उद्यमीहरूलाई सशक्त पार्ने सामसङ नेपालको प्रतिबद्धता देखाउने कम्पनीले बताएको छ ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया