पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायमै, यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेकोमा गएरातिबाट सो प्रभाव कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।कोशी प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा साधरणतया देखि अधिकांश बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति कोशी प्रदेश र मधेस प्रदेश साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भू(भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

















सुनचाँदीकै मूल्य व्यापक बढ्याे
‘With women’s empowerment nation will move forward towards prosperity’
हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक : रास्वपाका १०४ उम्मेदवार विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
अमरेशलाई बधाई दिँदै गगनले भने- मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
इरान–इजरायल युद्ध फैलिँदै
विश्वकप क्रिकेटः भारतविरुद्ध टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड
प्रतिक्रिया