शनिबार, कार्तिक २९, २०८२

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण

मेरोन्यूज २०८२ कार्तिक १५ गते १३:३२

बुटवल । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरिएकाे छ ।

हाइड्रोलिक फेल भएका कारण विमान रन वेबाट गुड्न नसकेपछि करिब ४० मिनेट विमानस्थलका अन्य उडानहरू अवरुद्ध हुन पुगेका विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।

धनगढीबाट १० बजे उडेको फलाइट नम्बर २२२ को विमान काठमाडौं नपुग्दै बीच बाटोमै हाइड्रोलिक फेलियर भएपछि सुरक्षित अवतरणका लागि गौतमबुद्ध विमानस्थलमा अवतरण गराइएको हो । यात्रुलाइ लीन काठमाडौंबाट अर्को विमान आउँदैछ ।

साढे १२ बजे मात्रै ल्याण्डिङ गियर खुलेपश्चात् विमान गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको ट्रमिनलको पार्किङ स्थलमा राखिएको छ ।अहिले विमानस्थल सञ्चालनमा आइसकेको जनाइएकाे छ।

प्रतिक्रिया