फुट्यो एकीकृत समाजवादी,सुकेधारामा झलनाथ-घनश्याम समूहको छुट्टै भेला

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरेपछि पार्टीभित्र तनाव बढेको छ ।
माधवसँग असन्तुष्ट पक्ष शनिबार सुकेधारा नवदुर्गा पार्टी प्यालेसमा भेला भएका छन् ।हिजो (शुक्रबार) बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले नेकपा माओवादी केन्द्र लगायतसँग एकता गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयमा सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरूले असन्तुष्टी राखेका थिए । खनालले नयाँ दल गठन गर्ने घोषणा गरिसकेका छन् ।
यसैबीच आगामी रणनीति तय गर्नेगरी आज छलफल चलेको नेताहरूले बताएका छन् । भेलामा अहिलेसम्म ८४ जना नेताहरू पुगेको सहभागी एक नेताले बताए ।
सुकेधारामा भइरहेको छलफलमा नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, लक्ष्मण लम्साल स्थायी कमिटी सदस्य विजय पौडेल, रामकुमारी झांक्री, ,अशेष घिमिरे, अर्जुन राई, दामोदर अर्याल, नरेश शाही, जीवनराम श्रेष्ठ ,आरती लामा लगायत पुगेका छन् ।
















अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा
कुवेतस्थित अमेरिकी दूतावासमा इरानी आक्रमण
Holi spreads message of national unity: President Thapa
3 days to HoR elections: Voter Education completed across the country
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
प्रतिक्रिया