दिल्लीमा १५ दिनमै बन्यो ५ सय आईसीयू बेडको कोरोना अस्पताल

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)को बढ्दो प्रकोपलाई मध्यनजर गर्दै यसको रोकथाम तथा नियन्त्रणका लागि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले १५ दिनमा २५० शय्याको अस्पताल निमार्ण गरेका छन् ।
कोरोनाको नयाँ भेरियन्टका कारण दिल्लीमा संक्रमितको संख्या बढिरहेको छ भने गम्भीर बिरामीका लागि आइसियू बेड र अक्सिजनको अभाव भइरहेको छ । आइसियू बेडको अभाव कम गर्न दिल्लीस्थित राम लिला मैदानमा ५ सय आइसियू बेडको स्थापना गरिएको हो ।
निमार्ण गरिएका मध्ये हाल २५० शय्या प्रयोग गर्न मिल्ने छ । बाँकीका शय्या प्रयोगमा आउने समेत उनले प्रतिज्ञा गरेका छन् । ‘युद्ध स्तरमा २४ सैँ घण्टा काम गरेर १५ दिनमै ५ सय आइसियू बेडको अस्पताल निर्माण गर्न सफल भएकोमा म कामदार, इन्जिनियर र डाक्टरहरुलाई सलाम गर्न चाहन्छु,’ भन्दै कोरोना अस्पताल निर्माण गरेको केजरिवालले शुक्रबार ट्वीटरमार्फत जानकारी दिएका छन् ।
यसबाहेक केजरीवालले गत मंगलबारदेखि गुरु तेजबहादुर अस्पतालमा थप ५ सय आईसीयू बेड सञ्चालनमा ल्याइएका छन् ।

https://twitter.com/ArvindKejriwal/status/

















हिटलरको घर अब प्रहरी चौकी
धरान टेनके रनको उपाधि रावत र श्रेष्ठलाई
लागु–औषध विरुद्धको अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
प्रतिक्रिया