पश्चिमी वायुको प्रभाव कायमै : कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ। नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
बङ्गालको खाडीमा विकसित ‘मोन्था चक्रवातका’ का कारण वर्षा हुँदा केही दिन जनजीवन प्रभावित भएको थियो । हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत भएको थियो । हिमपातका कारण मनाङ्को डिस्याङ गाउँपालिका–९ स्थित तिलिचो तालको आधार शिविरमा आन्तरिक तथा बाह्य गरी १३ जना पर्यटक फसेका थिए । उनीहरुलाई सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम केन्द्र शिक्षालय मनाङको टोलीले उद्धार गरेको थियो ।
राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यववस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभरका ३०१ वर्षा मापन केन्द्रमा वर्षाको विवरण मापन गरिएको थियो । त्यसमध्ये १८५ वटा वर्षा मापन केन्द्रले उल्लेख्य मात्रामा वर्षाको विवरण उपलब्ध गराएको छ । तीमध्ये सबैभन्दा बढी वर्षा लमजुङको बेंसीशहर केन्द्रमा ७१ दशमलव १ मिलिमिटर वर्षा भएको थियो । वर्षा मापन गरिएका केन्द्रमध्ये चार वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो ।

















डोल्पामा नेकपाका बुढा विजयी
रास्वपाका १०० उम्मेदवार विजयी, २५मा अग्रता
मन्त्री छाडेर उम्मेदवार भएका बब्लु गुप्ता विजयी
श्रम संस्कृति पार्टीले खोल्यो खाता: खोटाङमा आरेन राई विजयी
दार्चुलामा एमालेका ठगुन्ना निर्वाचित
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
विश्वकप क्रिकेटः भारतविरुद्ध टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड
प्रतिक्रिया