कालीगण्डकीमा बेपत्ता किशोर एक सातासम्म पनि भेटिएनन्

वालिङ (स्याङ्जा)। स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदीधाम राम्दीस्थित कालीगण्डकी नदीमा एक किशोर सातादेखि बेपत्ता छन् ।
गत बुधबार स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा पौडी खेल्ने क्रममा कालीगण्डकीमा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–१ घर भएका १५ वर्षीय बखत शाही बेपत्ता भएका थिए । उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।
कैलालीबाट साथीहरुसँगै पोखरा भ्रमणमा आएका शाही र सोही ठाउँका १६ वर्षीय बिराज न्यौपाने पौडी खेल्न कालीगण्डकी नदीमा पसेका थिए । पौडी खेल्ने क्रममा दुवै जनालाई नदीले बगाएको थियो । बग्दै गरेको अवस्थामा न्यौपानेलाई सकुशल उद्धार गरिएको थियो ।
बुधबार बिहानदेखि कालीगण्डकी नदीमा बेपत्ता भएका शाहीको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन समूह स्याङ्जा, नेपाल प्रहरी तथा आफन्तजनको सक्रियतामा खोजी कार्यलाई तीव्रता दिइएको प्रहरी नायव उपरीक्षक चौधरीले जानकारी दिए ।
सशस्त्र प्रहरी बलको तालिम प्राप्त समूहले ‘¥याफ्टिङ बोट’को सहायताले घटनास्थल तथा त्यसभन्दा तलका स्थानमा खोजी गरिरहेको छ ।











रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
66 days left for HoR election: EC determines spending limit for NA candidates
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया