प्रचण्डले माधव नेपालको नीतिमा आत्मसमर्पण गर्नुभाे : जनार्दन शर्मा

काठमाडाैं । माओवादी केन्द्र परित्याग गरि नयाँ अभियान घोषणा गरेका नेता जनार्दन शर्माले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाएका छन्।
मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै आफूूहरुले त्यसलाई स्वीकार नगरेको र नयाँ अभियान घोषणा गरेको जानकारी दिए। ‘हाम्रो अध्यक्ष प्रचण्ड माओवादी पार्टी छाडेर माधव नेपालजीको नीतिमा आत्मसमर्पण गर्नुभयो,’ शर्माले भने, ‘उहाँ उतै जानु भयो। हामीले त्यो कुरालाई स्वीकार गरेनौँ।’
उनले आफूले नेतृत्वको दाबी नगर्ने र नवपुस्तालाई अगाडि बढाउने बताएका छन् । ‘हामीभन्दा पछाडिको पुस्तालाई नेता बनाउने हो । हाम्रो अनुभव दिने । भिन्न दृष्टिकोणबाट पार्टी अगाडि बढाउने हो ।’
उनले नेकपा गठनको बेला बृहत् राजनीति एकता गर्ने र समृद्धिको आधार तय गर्ने भएकै हुनाले आफू त्यो पक्षमा उभिए पनि नेताको स्वार्थले कुर्सीका लागि विघटन गरिको बताए ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिक्रिया