प्रचण्डले माधव नेपालको नीतिमा आत्मसमर्पण गर्नुभाे : जनार्दन शर्मा

काठमाडाैं । माओवादी केन्द्र परित्याग गरि नयाँ अभियान घोषणा गरेका नेता जनार्दन शर्माले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाएका छन्।
मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै आफूूहरुले त्यसलाई स्वीकार नगरेको र नयाँ अभियान घोषणा गरेको जानकारी दिए। ‘हाम्रो अध्यक्ष प्रचण्ड माओवादी पार्टी छाडेर माधव नेपालजीको नीतिमा आत्मसमर्पण गर्नुभयो,’ शर्माले भने, ‘उहाँ उतै जानु भयो। हामीले त्यो कुरालाई स्वीकार गरेनौँ।’
उनले आफूले नेतृत्वको दाबी नगर्ने र नवपुस्तालाई अगाडि बढाउने बताएका छन् । ‘हामीभन्दा पछाडिको पुस्तालाई नेता बनाउने हो । हाम्रो अनुभव दिने । भिन्न दृष्टिकोणबाट पार्टी अगाडि बढाउने हो ।’
उनले नेकपा गठनको बेला बृहत् राजनीति एकता गर्ने र समृद्धिको आधार तय गर्ने भएकै हुनाले आफू त्यो पक्षमा उभिए पनि नेताको स्वार्थले कुर्सीका लागि विघटन गरिको बताए ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया