सोमबार, मंसिर १, २०८२

आज माओवादीसहित ९ पार्टीबीच एकताकाे घोषणा हुँदै

मेरोन्यूज २०८२ कार्तिक १९ गते ८:०९

काठमाडौं। नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज एकता घोषणा हुँदैछ । एकताकाे घोषणा कार्यक्रम बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा हने जनाइएकाे छ । त्यसपछि निर्वाचन आयोगमा जाने तयारी रहेको छ ।

एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी रहने दलहरुबीच सहमति भएको छ भने चुनाव चिह्न पाँच कुने तारा रहने छ ।कार्यक्रममा एकीकृत पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहसंयोजक रहने छन् ।

एकता भने माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपालबीच हुन लागेको हो ।

प्रतिक्रिया