नेपालकाे यूएईसँग फेरि पराजय

काठमाडौं।इसिसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । यससँगै नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा जीतविहीन बनेको छ ।
आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार विकेटले पराजित भएको थियो भने युएईसँग पाँच विकेटको हार बेहोरेको थियो ।
आज नेपालले प्रस्तुत गरेको २४० रनको लक्ष्य पछ्याएको युएईले पाँच बल बाँकी रहँदा ६ विकेट गुमाउँदै पूरा ग¥यो । युएईका लागि मोहम्मद शहदादले १२३ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ९६ रनको योगदान गरे । त्यसैगरी, मोहम्मद वासिमले ७३ बलमा चार चौका र तीन छक्कासहित ७६ रन बनाए भने सोहेब खानले २९, कप्तान अलिसान शराफुले १८ तथा हर्षित कौशिकले १३ रन बनाए ।
नेपालका लागि करण केसीले तीन विकेट लिँदा नन्दन यादव, ललितनारायाण राजवंशी र सन्दीप लामिछानेले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रनको योगदान दिए ।
त्यस्तै कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४, आरिफ शेखले ३० तथा सन्दीप लामिछानेले अविजित १५ रन बनाए । यता युएईका लागि जुनैद सिद्धिकी, मोहम्मद जवादुल्लाहल र ध्रुव परासरले समान दुई÷दुई विकेट लिए भने जाहिद अलीले एक विकेट लिए । यस हारसँगै २० खेलमा १२ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ । जितसँगै युएई समान खेलबाट १० अङ्कका साथ अङ्क तालिकाको अन्तिम स्थानमा छ ।

















सुनसरीमा सवारी दुर्घटना हँुदा एकको मृत्यु, एक जना घाइते
वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु
सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु
निर्वाचन हुन्छ कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर सम्पन्न गरायौँ : आयुक्त भण्डारी
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया