त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै खुलेन ,कोरियन एयरको जहाज दिल्ली डाइभर्ट

काठमाडौँ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण प्रभावित भएको छ । विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाका अनुसार आज साँझ ५ः३० बजेदेखि लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’मा छन्भने केही गन्तव्यबाट आएका जहाज अन्यत्र पठाइएको छ ।
उनले आन्तरिक उडानका जहाजलाई विमानस्थलमा रोकिएको जनाउँदै अन्तरराष्ट्रियतर्फका केही जहाज आकाशमा होल्ड गरिएको बताए । आन्तरिक उडानबाट काठमाडौँ आउने जहाज भने सम्बन्धित गन्तव्यमा नै रोकिएको प्रवक्ता शेर्पाले उल्लेख गरे।
रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो बनाउने बत्तीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ ।
उक्त लाइटिङमा देखिएको समस्या समाधानको प्रयास भइरहेकाले शीघ्र नियमित उडान हुने उनले जानकारी दिए । तर, उडान/अवतरण सुचारू हुन अझै समय लाग्ने छ । अहिले कोरियन एयरको जहाज दिल्ली डाइभर्ट गरिएको छ ।जनकपुरबाट आएको बुद्धको जहाज उतै पठाइएको छ । सुर्खेतबाट आएको बुद्धको जहाजलाई पोखरा डाइभर्ट गरिएको छ ।













पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया