त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै खुलेन ,कोरियन एयरको जहाज दिल्ली डाइभर्ट

काठमाडौँ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण प्रभावित भएको छ । विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाका अनुसार आज साँझ ५ः३० बजेदेखि लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’मा छन्भने केही गन्तव्यबाट आएका जहाज अन्यत्र पठाइएको छ ।
उनले आन्तरिक उडानका जहाजलाई विमानस्थलमा रोकिएको जनाउँदै अन्तरराष्ट्रियतर्फका केही जहाज आकाशमा होल्ड गरिएको बताए । आन्तरिक उडानबाट काठमाडौँ आउने जहाज भने सम्बन्धित गन्तव्यमा नै रोकिएको प्रवक्ता शेर्पाले उल्लेख गरे।
रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो बनाउने बत्तीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ ।
उक्त लाइटिङमा देखिएको समस्या समाधानको प्रयास भइरहेकाले शीघ्र नियमित उडान हुने उनले जानकारी दिए । तर, उडान/अवतरण सुचारू हुन अझै समय लाग्ने छ । अहिले कोरियन एयरको जहाज दिल्ली डाइभर्ट गरिएको छ ।जनकपुरबाट आएको बुद्धको जहाज उतै पठाइएको छ । सुर्खेतबाट आएको बुद्धको जहाजलाई पोखरा डाइभर्ट गरिएको छ ।
















आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया