हुम्लामा थपिए ९७५ मतदाता
मेरोन्यूज
२०८२ कार्तिक २५ गते १८:५९

अदानचुली (हुम्ला) । हुम्लामा ९७५ मतदाता थपिएका छन् । मतदाता नामावलीमा नाम दर्ताका लागि आह्वानभएसँगै सो सङ्ख्यामा मतदाता थपिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमबहादुर रोकायाका अनुसार गत असोज ९ गते अगाडि पनि मतदाता नामावली सङ्कलन गरिएको थियो । जेनजी आन्दोलनपश्चात् बनेको वर्तमान सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका जेनजी युवालाई समेत मतदानमा सहभागी गराउन पुनः मतदाता नामावली दर्ता गर्ने कार्य थालिएको हो ।
विसं २०७९ को निर्वाचनमा जिल्लाको मतदाता सङ्ख्या ३२ हजार ३३३ रहेको थियो । हाल थपिएकोसहित जम्मा मतदाता सङ्ख्या ३३ हजार ३०८ पुगेको छ । नाम दर्ता गराउनेमा एक ७४ वर्षकी वृद्धा समेत रहेका छन् । अन्य सबै १८ वर्षदेखि ३० वर्ष आसपासका युवा रहेका प्रमुख रोकायाले बताए ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया