लिपमोटर नेपालले पायो ‘उत्कृष्ट लीपमोटर वितरक’ पुरस्कार

काठमाडौं । नेपालमा लीपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले थाइल्यान्डमा आयोजित लीपमोटर ग्लोबल डिलर मिटमा ‘उत्कृष्ट लीपमोटर वितरक इन्डिया एन्ड एसिया प्यासिफिक’ पुरस्कार प्राप्त गरेको छ ।
यो अवार्ड भारत र एसिया–प्यासिफिक क्षेत्रमा लीपमोटर नेपालले बिक्री, ग्राहक सेवा र ब्रान्ड विकासमा उत्कृष्ट प्रदर्शन गर्नेलाई प्रदान गरिएको हो ।
सम्मानले बजार विस्तार, ग्राहक सेवा र ब्रान्ड स्थापित गर्नमा सांग्रिला मोटर्सको उल्लेखनीय उपलब्धिलाई उजागर गर्दै कम्पनीको उपस्थितिका लागि नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको भनाइ छ । यो अवार्ड कम्पनीले यस क्षेत्रभर उन्नत विद्युतीय सवारी प्रविधि र नवीनतम गतिशील समाधानहरू प्रस्तुत गर्दै आफ्नो विस्तारलाई निरन्तरता दिइरहेको महत्वपूर्ण समयमा प्राप्त भएको हो ।
हाङ्जाउ, चीनमा मुख्यालय रहेको लीपमोटर प्रविधिमुखी इन्टेलिजेन्ट विद्युतीय सवारी ब्रान्ड हो । कम्पनीले सवारी डिजाइन, अनुसन्धान तथा विकास, उत्पादन, इन्टेलिजेन्ट ड्राइभिङ र भेइकल कनेक्टिभिटी समाधानमा विशेषज्ञता रहेको छ ।














पाकिस्तानको कराचीस्थित मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, १३ घाइते
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया