मुलुकमा भयरहित वातावरण सिर्जना गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदीय समितिले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारलाई निर्देशन दिएको छ।
बिहीवार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सरकारलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग समितिले आगामी निर्वाचनको तयारीबारे जानकारी लिएको छ। समितिका तर्फबाट निर्देशन दिँदै एमालेका सांसद तथा समिति सभापति सोनाम गेल्जेन शेर्पाले आगामी निर्वाचन स्वच्छ, निष्पक्षका साथ पूर्ण रूपमा सम्पन्न गर्न प्रहरीको मनोबल उच्च बनाउँदै जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार संकलन गर्न र हातहतियार लुट्नेको खोजी गरी कारबाही गर्न निर्देशन दिए।
उनले कारागारबाट भागेका कैदीबन्दीलाई पुनः कारागारमा ल्याई मुलुकमा भयरहित वातावरण सिर्जना गर्न नेपाल सरकार र गृहमन्त्रालयलाई निर्देशन दिए।















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया