ओली-नेपालबीच आज पनि वार्ता

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ । दुई नेताबीच सिंहदरबारमा भेट हुन लागेको हो ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार दुई नेताको वार्ता दिउँसो १ बजेको लागि तय भएको छ । तर प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली सीसीएमसीको बैठकमा गएकाले केही समय लाग्ने जनाएको छ । आजको वार्ताले एमालेको विवाद समाधान गर्न कार्यदल गठन गर्ने सम्भावना रहेको नेता नेम्वाङले बताए ।
नेताहरुका वीचमा १० सदस्यीय कार्यादल बनाउने विषयमा करिव समझदारी छ । तर कार्यदलमा प्रधानमन्त्री ओली पक्षले राख्न चाहेका नेताहरुका विषयमा भने नेपाल पक्षले चनाखो भएर हेरिरहेको छ ।
नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्तको नाममा करिव सहमति भएको छ । त्यस्तै ओलीपक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेलको नाममा छलफल छ । अन्य दुई सदस्य पूर्व माओवादी धारबाट तय गर्ने गरी प्रधानमन्त्रीले सोचेपनि त्यसमा नेपाल पक्ष त्यक्ति सन्तुष्ट देखिएको छैन ।










निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
स्वास्थ्य सेवाबाहेक अन्यत्र एम्बुलेन्स प्रयोगमा ल्याइए कारबाही हुने
प्रतिनिधिसभा निर्वाचन : पहिलो दिनमै दल दर्ता उत्साहजनक
बङ्गलादेशका ५ देखि १७ वर्षका बालबालिकामध्ये ९.२ प्रतिशत श्रममा संलग्न
Govt ensures safety to private sector: Finance Minister
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
प्रतिक्रिया