ओली-नेपालबीच आज पनि वार्ता

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ । दुई नेताबीच सिंहदरबारमा भेट हुन लागेको हो ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार दुई नेताको वार्ता दिउँसो १ बजेको लागि तय भएको छ । तर प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली सीसीएमसीको बैठकमा गएकाले केही समय लाग्ने जनाएको छ । आजको वार्ताले एमालेको विवाद समाधान गर्न कार्यदल गठन गर्ने सम्भावना रहेको नेता नेम्वाङले बताए ।
नेताहरुका वीचमा १० सदस्यीय कार्यादल बनाउने विषयमा करिव समझदारी छ । तर कार्यदलमा प्रधानमन्त्री ओली पक्षले राख्न चाहेका नेताहरुका विषयमा भने नेपाल पक्षले चनाखो भएर हेरिरहेको छ ।
नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्तको नाममा करिव सहमति भएको छ । त्यस्तै ओलीपक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेलको नाममा छलफल छ । अन्य दुई सदस्य पूर्व माओवादी धारबाट तय गर्ने गरी प्रधानमन्त्रीले सोचेपनि त्यसमा नेपाल पक्ष त्यक्ति सन्तुष्ट देखिएको छैन ।















टी–२०विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराईमा कुहिरो,पहाडी भागमा आंशिक बादल
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया