कबड्डी विश्वकप खेल्ने महिला टोलीको विदाइ

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शुक्रबार दोस्रो महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीको विदाइ गरेको छ ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले नेपाली महिला कबड्डी टोलीलाई शुभकामनासहित विदाइ गरेका हुन् । सो अवसरमा अध्यक्ष श्रेष्ठले खेलाडीलाई प्रतियोगितामा शतप्रतिशत दिएर पूर्ण समर्पणका साथ देशका गौरवका लागि खेल्न सल्लाह दिए ।
महिला कबड्डी विश्वकप बङगलादेशको मिरपुरमा हुँदैछ । यसअघि सो प्रतियोगिता भारतमा हुने भनिएको थियो । महिला कबड्डी विश्वकप १३ वर्षपछि हुन लागेको हो । सन् २०१२ मा भारतको पटनामा पहिलो पटक महिला कबड्डी विश्वकपको आयोजना भएको थियो । भारत महिला कबड्डीको पहिलो च्याम्पियन बनेको थियो । सो प्रतियोगितामा इरान दोस्रो तथा जापान तेस्रो भएका थिए ।
नोभेम्बर १५ देखि २५ सम्म हुने प्रतियोगितामा आयोजक बङगलादेश, गत विजेता भारत र नेपालसहित इरान, जापान, जर्मनी, केन्या, चाइनिज ताइपेई, थाइल्यान्ड, युगान्डा, अर्जेन्टिना र इन्डोसियाले इन्डोनेसिया प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपाल समूह ए मा रहेको छ । नेपालले पहिलो खेल नोभेम्बर १७ मा खेल्नेछ ।
नेपाली कबड्डी टिमका पदाधिकारीले विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपालले उत्कृष्ट प्रदर्शनसहित विश्वकप पदक हासिल गर्ने घर फर्कने विश्वास व्यक्त गरेका छन् । मानमती विष्टको कप्तानीमा रहेको टिममा जयन्ती बडु न उपकप्नतहुनुहुन्छ । अन्य खेलाडीमा गंगा घिमिरे, रविना चौधरी, मेनुका राजवशीं, मनिषा जोशी, सृजना धानुक, आशिका कुँवर, सन्जु थामी, मिना नेपाली, बिनिता क्षेत्री, आस्मा यादव, सृजना थारु र उरुसा शाक्य रहेका छन् ।
टिमको प्रशिक्षकमा विष्णु दत्त भट्ट, प्रशिक्षकमा हरिना थापा र व्यवस्थापकमा शरद दर्शनधारी र टेक्निकल अफिसरमा रमेशचन्द्र ओझा छन् ।












यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय
सुदूरपश्चिममा निर्वाचन प्रहरीमा चार हजारभन्दा बढीको आवेदन
Party unity imperative: Leader Koirala
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया