कबड्डी विश्वकप खेल्ने महिला टोलीको विदाइ

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शुक्रबार दोस्रो महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीको विदाइ गरेको छ ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले नेपाली महिला कबड्डी टोलीलाई शुभकामनासहित विदाइ गरेका हुन् । सो अवसरमा अध्यक्ष श्रेष्ठले खेलाडीलाई प्रतियोगितामा शतप्रतिशत दिएर पूर्ण समर्पणका साथ देशका गौरवका लागि खेल्न सल्लाह दिए ।
महिला कबड्डी विश्वकप बङगलादेशको मिरपुरमा हुँदैछ । यसअघि सो प्रतियोगिता भारतमा हुने भनिएको थियो । महिला कबड्डी विश्वकप १३ वर्षपछि हुन लागेको हो । सन् २०१२ मा भारतको पटनामा पहिलो पटक महिला कबड्डी विश्वकपको आयोजना भएको थियो । भारत महिला कबड्डीको पहिलो च्याम्पियन बनेको थियो । सो प्रतियोगितामा इरान दोस्रो तथा जापान तेस्रो भएका थिए ।
नोभेम्बर १५ देखि २५ सम्म हुने प्रतियोगितामा आयोजक बङगलादेश, गत विजेता भारत र नेपालसहित इरान, जापान, जर्मनी, केन्या, चाइनिज ताइपेई, थाइल्यान्ड, युगान्डा, अर्जेन्टिना र इन्डोसियाले इन्डोनेसिया प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपाल समूह ए मा रहेको छ । नेपालले पहिलो खेल नोभेम्बर १७ मा खेल्नेछ ।
नेपाली कबड्डी टिमका पदाधिकारीले विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपालले उत्कृष्ट प्रदर्शनसहित विश्वकप पदक हासिल गर्ने घर फर्कने विश्वास व्यक्त गरेका छन् । मानमती विष्टको कप्तानीमा रहेको टिममा जयन्ती बडु न उपकप्नतहुनुहुन्छ । अन्य खेलाडीमा गंगा घिमिरे, रविना चौधरी, मेनुका राजवशीं, मनिषा जोशी, सृजना धानुक, आशिका कुँवर, सन्जु थामी, मिना नेपाली, बिनिता क्षेत्री, आस्मा यादव, सृजना थारु र उरुसा शाक्य रहेका छन् ।
टिमको प्रशिक्षकमा विष्णु दत्त भट्ट, प्रशिक्षकमा हरिना थापा र व्यवस्थापकमा शरद दर्शनधारी र टेक्निकल अफिसरमा रमेशचन्द्र ओझा छन् ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया