निर्वाचन आयोगले तोक्यो ३ सहायक प्रवक्ता
मेरोन्यूज
२०८२ कार्तिक २८ गते १९:२३

काठमाडाैं । निर्वाचन आयोगले आशन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ।
आयोगले उपसचिवहरु प्रकाश न्यौपाने, कुलबहादुर जिसी र सङ्गीता पुन श्रीसलाई सहायक प्रवक्ता तोकेको हो। आयोगले थप गरिएका तीन सहायक प्रवक्ताको विवरण आफ्नो वेबसाइटमा समावेश गरेको छ।
आयोगका प्रवक्तामा सहसचिव नारायणप्रसाद भट्टराई रहेका छन् भने सूचना अधिकारीमा कम्प्युटर अधिकृत सुमन घिमिरेले कार्य गर्दै आएका छन्।
विगतका निर्वाचनमा पनि सहायक प्रवक्ताहरू थपेर निर्वाचनका सूचना र गतिविधिलाई महत्व दिने आयोगको अभ्यास रहेको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ र राष्ट्रियसभा सदस्यको १८ सदस्यको निर्वाचन आगामी माघ ११ गतेका लागि निर्धारण गरिएको छ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया