प्रहरीले तालिममा काठको हतियार प्रयोग गर्ने, दुधौलितालिम केन्द्रमा ५० डमी हस्तान्तरण

काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले तालिमका लागि काठको डमी हतियार प्रयोग गर्ने भएको छ । फायरिङ बाहेकको अन्य हातहतियार प्रशिक्षण कार्यमा सक्कली हतियार प्रयोग नगरी डमी हतियार प्रयोग गर्ने भएको हो ।
प्रदेश प्रहरी कार्यालयको आन्तरिक स्रोत साधन तथा सोहि कार्यालयको हातहतियार मर्मत शाखामा कार्यरत प्राविधिक प्रहरी जनशक्तिहरुबाट पहिलो चरणमा ५० वटा काठको डमी हतियार निर्माण गरिएको हो ।
सक्कली हतियारको तौल र साईजमा निर्माण गरी बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीलाई प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्त कुमार लामाले ५० वटा काठको डमी हतियार हस्तान्तरण गरेका हो ।
फायरिङ बाहेकको अन्य हातहतियार प्रशिक्षण कार्यमा सक्कली हतियार प्रयोग नगरी डमी हतियार प्रयोग गर्दा सक्कली हतियार टुट्ने, फुट्ने नभई हिफाजत हुने भएकोले पाइलोट प्रोजेक्टको रुपमा वितरण गरिएका डमी हतियारले पार्ने प्रभावलाई विश्लेषण गरि आवश्यकता अनुसार थप निर्माण तथा वितरण गरिदै जाने लक्ष्य रहेको समेत डीआईजी लामाले बताए ।
प्रहरीको प्रशिक्षण प्रदान गर्ने ईकाईहरुबाट हाल नियमित प्रयोग गरिने सक्कली हतियार प्रयोग गर्दै आईरहेकोमा उक्त हतियारहरु विग्रने, फुट्ने तथा बेसावुत भई काम नलाग्ने हुँदा डमी हतियार प्रयोग गर्न लागिएको डीआईजी लामाले सुझाए।

















कुलमान घिसिङले गरे मतदान
प्रचण्डले चितवनबाट गरे मतदान: अब हेलिकप्टरमार्फत रुकुम पूर्व जाने तयारी
रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेनद्वारा मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु
टि २० विश्वकप :दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुग्यो न्युजिल्याण्ड
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया