मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?

काठमाडाैं। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सोमबार राजधानी ढाकास्थित इन्टरनेशनल क्राइम्स ट्रिब्यूनलले पाँच अभियोगमध्ये दुई अभियोग (हत्याको लागि उक्साउने र हत्याको आदेश दिने) मा मृत्युदण्डको सजाय सुनाएको छ ।
ट्रिब्यूनलले जुलाई २०२४ मा विद्यार्थी विरोध प्रदर्शनका क्रममा भएका हत्याकाण्डको मास्टरमाइन्ड शेख हसिनालाई घोषित गरकाे छ।
हसिनाले आफ्नो विरुद्धको फैसला गलत, पक्षपाती र राजनीतिक रूपमा प्रेरित भएको बताएकी छन्। उनले यो फैसला अनिर्वाचित सरकारद्वारा सञ्चालित न्यायाधिकरणद्वारा दिइएको बताइन्।
हसिनाले युनुस सरकारको शासनकालमा प्रहरी प्रणाली कमजोर भएको, न्याय प्रणाली कमजोर भएको, अवामी लिग समर्थक र हिन्दू-मुस्लिम अल्पसंख्यकहरूमाथि आक्रमण बढेको, महिला अधिकार दबाइँदै गएको र कट्टरपन्थीहरूको प्रभाव बढिरहेको बताइन्।
हसिनाले डा. युनुसलाई कसैले पनि निर्वाचित नगरेको बताइन्। उनले बंगलादेशको अर्को चुनाव पूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भनिन्।
अर्का अभियुक्त पूर्व गृहमन्त्री असदुज्जमान खानलाई पनि १२ जनाको हत्याको दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाइएको छ।
अगस्ट ५, २०२४ मा भएको कू पछि हसिना र पूर्व गृहमन्त्री असदुज्जमानले देश छोडेका थिए। दुवै नेता विगत १५ महिनादेखि भारतमा बस्दै आएका छन्।
















Gold, silver prices reach all-time high
संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया