मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?

काठमाडाैं। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सोमबार राजधानी ढाकास्थित इन्टरनेशनल क्राइम्स ट्रिब्यूनलले पाँच अभियोगमध्ये दुई अभियोग (हत्याको लागि उक्साउने र हत्याको आदेश दिने) मा मृत्युदण्डको सजाय सुनाएको छ ।
ट्रिब्यूनलले जुलाई २०२४ मा विद्यार्थी विरोध प्रदर्शनका क्रममा भएका हत्याकाण्डको मास्टरमाइन्ड शेख हसिनालाई घोषित गरकाे छ।
हसिनाले आफ्नो विरुद्धको फैसला गलत, पक्षपाती र राजनीतिक रूपमा प्रेरित भएको बताएकी छन्। उनले यो फैसला अनिर्वाचित सरकारद्वारा सञ्चालित न्यायाधिकरणद्वारा दिइएको बताइन्।
हसिनाले युनुस सरकारको शासनकालमा प्रहरी प्रणाली कमजोर भएको, न्याय प्रणाली कमजोर भएको, अवामी लिग समर्थक र हिन्दू-मुस्लिम अल्पसंख्यकहरूमाथि आक्रमण बढेको, महिला अधिकार दबाइँदै गएको र कट्टरपन्थीहरूको प्रभाव बढिरहेको बताइन्।
हसिनाले डा. युनुसलाई कसैले पनि निर्वाचित नगरेको बताइन्। उनले बंगलादेशको अर्को चुनाव पूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भनिन्।
अर्का अभियुक्त पूर्व गृहमन्त्री असदुज्जमान खानलाई पनि १२ जनाको हत्याको दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाइएको छ।
अगस्ट ५, २०२४ मा भएको कू पछि हसिना र पूर्व गृहमन्त्री असदुज्जमानले देश छोडेका थिए। दुवै नेता विगत १५ महिनादेखि भारतमा बस्दै आएका छन्।
















काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया