भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
मेरोन्यूज
२०८२ मंसिर २ गते १२:५८

भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा १३ हजार ५७६ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष पुगेका नेपाली नागरिकता प्राप्त व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपछि १८ वर्षदेखि २५ वर्ष उमेर समूहका दैनिक ७०० देखि एक हजार १०० जनासम्मले मतदाता नामावलीमा नाम दर्ता गराइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए ।
उनले भक्तपुरमा यस पटक मतदाताको सङ्ख्या दुई लाख नाघेको जानकारी दिए । मतदाता नामावली सङ्कलन हरेक दिन बिहान ८ बजेदखि सुरु भई साँझ ६ बजेसम्म जारी रहेको र सेवाग्राही बिहान ६ बजेदेखिनै लाइन बस्न आउने गरेको उनले बताए ।
आयोगले मतदाता नामावली सङ्कलन यही महिनाको ५ गतेसम्मलाई कायम गरेको छ ।
सम्बन्धित












विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया