एनपिएल दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय स्तरमा चर्चा

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा सुरु भएको ‘नेपाल प्रिमियर लिग’ (एनपिएल) दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय क्रिकेट समुदायमा पनि उल्लेखनीय चासो देखिएको छ ।
विश्वस्तरीय सञ्चारमाध्यम र विदेशी प्लेटफर्ममा एनपिएलमा नेपालको फ्रेन्चाइज क्रिकेटले अन्तरराष्ट्रियस्तरमा ध्यान तानेको हो । भारत र पाकिस्तानका क्रिकेट ‘फ्यान–पोर्टल’ र क्षेत्रीय वेबसाइटहरूले एनपिएललाई स्थान दिँदै चर्चा गरेका छन् । एनपिएलबारे भारतमा स्टार स्पोट्र्समार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ । भारतकै ‘फनकोड डटकम’लगायतमा पनि एनपिएलको प्रत्यक्ष प्रसारण भइरहेको छ ।
संयुक्त अधिराज्य बेलायतस्थित ‘क्रिकेट वल्र्ड डटकम’ ले एनपिएल–२ का टिम, स्क्वाड र विदेशी खेलाडीबारे विस्तृत सामग्री प्रकाशन गरेको छ । फाफ डू प्लेसिस, जेसन रोय र इम्रान ताहिरजस्ता अन्तरराष्ट्रिय खेलाडीको सहभागितालाई यसले नेपालको फ्रेन्चाइज क्रिकेट स्तरवृद्धिका साथै एनपिएललाई दक्षिण एसियाली टी–२० संरचनामा उदाउँदै गरेको नयाँ अवसरका रूपमा चर्चा गरेको छ ।
बिबिसी नेपाली सेवाले सोमबारको ‘साँझपख’ मा उद्घाटनका दिनका खेलमा जनकपुर बोल्टस्लाई काठमाडौँ गोर्खाजले पराजित गरेको र क्रिकेटप्रेमीको आकर्षणबारे समाचार सम्प्रेषण गरेको थियो ।
बेलायतकै क्रिकेट प्लेटफर्म ‘विस्डेन डटकम’ले यसपटक एनपिएलको प्रसारण ढाँचामा आएको परिवर्तनलाई व्याख्या गरेको छ । यस प्रकारको स्थानले नेपाली क्रिकेट अब क्षेत्रीयस्तरमा प्रतिस्पर्धी बन्दै गएको सङ्केत मिलेको मान्न सकिन्छ ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
१६५ क्षेत्रकै नतिजा सार्वजनिक, कसको कति सिट ?
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया