एनपिएलः रवि बोपारा बने अर्धशतक बनाउने तेस्रो खेलाडी
मेरोन्यूज
२०८२ मंसिर २ गते १७:०३

काठमाडौँ । काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा तेस्रो अर्धशतक हिर्काउने खेलाडी रवि बोपारा बनेका छन् । चितवन राइनोजका अलराउन्डरसमेत रहेका रविले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका हुन् ।
उनले ३५ बलमा तीन चौका र तीन छक्काको मद्दतले अर्धशतक हाने । रवि ३६ बल खेलेर ५२ रनमा आउट भए । बलिङमा एक विकेट समेत लिएका रवि ‘प्लेयर अफ दी म्याच’ समेत चुनिए । इङ्ल्यान्डका रवि दोस्रोपटक पनि चितवनबाट एनपिएल खेल्दैछन् ।
यो खेल चितवनले कर्णालीलाई चार विकेटले हरायो ।
यसअगाडि यो खेलको पहिलो इनिङमा कर्णाली याक्सका ओपनर ब्याटर प्रियाङ्क पन्चालले पनि अर्धशतक हिर्काए । उनी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका थिए ।
पहिलो अर्धशतक भने जनकपुर बोल्ट्सका ब्याट्सम्यान आशिफ शेखको नाममा छ ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया