गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
मेरोन्यूज
२०८२ मंसिर २ गते १७:१५

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरू अब नझुक्ने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उनले आफूहरूले पार्टी सुधारको अभियान थालेको भन्दै अब नझुक्ने बताएका हुन् ।
“कांग्रेसभित्र अहिले बहस अधिवेशनको मिति होइन, पार्टी सुधारको दिशाबारे हो । नागरिकले दिएको सन्देश स्पष्ट छ– पुरानै शैलीले अब काम चल्दैन । सुधार गरेर मात्र विश्वास फर्किन्छ,” उनले भनेका छन्, “पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ ।”
गगनले पार्टी सुधारको अभियान सत्यका पक्षमा रहेको भन्दै यसबाट कांग्रेस नफुट्ने बरु बलियो हुने जिकिर गरेका छन् । “हामी न झुक्छौँ न झुकिन्छौँ,” उनले भनेका छन् ।
सम्बन्धित
















पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया