गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
मेरोन्यूज
२०८२ मंसिर २ गते १७:१५

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरू अब नझुक्ने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उनले आफूहरूले पार्टी सुधारको अभियान थालेको भन्दै अब नझुक्ने बताएका हुन् ।
“कांग्रेसभित्र अहिले बहस अधिवेशनको मिति होइन, पार्टी सुधारको दिशाबारे हो । नागरिकले दिएको सन्देश स्पष्ट छ– पुरानै शैलीले अब काम चल्दैन । सुधार गरेर मात्र विश्वास फर्किन्छ,” उनले भनेका छन्, “पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ ।”
गगनले पार्टी सुधारको अभियान सत्यका पक्षमा रहेको भन्दै यसबाट कांग्रेस नफुट्ने बरु बलियो हुने जिकिर गरेका छन् । “हामी न झुक्छौँ न झुकिन्छौँ,” उनले भनेका छन् ।
सम्बन्धित










शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
शंकर पोखरेल र महेश बस्नेत आउने भएपछि बारामा विरोध प्रदर्शन, ‘कर्फ्यू’ आदेश जारी
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया