अक्सिजन अभाव हुन नदिने सीसीएमसीको निर्णय

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थान केन्द्र ९सीसीएमसी० ले अक्सिजन अभाव हुन नदिने भएको छ । सीसीएमसीको सिंहदरवारमा आज बसेको बैठकले अक्सिजन अभाव हुन नदिन आवश्यक सवै प्रक्रिया अवलम्बन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा नीजि क्षेत्रको सहभागितामा व्यवस्थापन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले कानुनी प्रक्रियामा अड्किएर नागरिकको ज्यान जान दिन नुहने भन्दै त्यसका लागि आवश्यक निर्णय र प्रक्रिया अघि बढाउन सरोकारवाला मन्त्रलयहरुलाई निर्देशन दिएको परराष्ट्मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार बैठकमा बाधा अड्चन हटाउने तथा अक्सिजन उत्पादन बढाउने, त्यसका लागि उद्योगीहरुसँग सहकार्य गर्ने, लिक्वीड अक्सिजन आयात बढाउन भारतसँग आग्रह गर्ने, सिलिण्डरहरुको व्यवसथपन गर्ने लगायतका विषयमा छलफल भएको छ । अक्सिजन अभाव हुन नदिन चीन र ओमनबाट मगाएकाले आगामी दिनमा अक्सिजन अभाभव हुन नदिने उनले बताए ।
बैठकमा स्वास्थ्य संकटकालका बारेमा समेत छलफल भएको जनाएको छ । बैठकले समग्र स्वास्थ्य प्रणालीलाई महामारीकाविरुद्ध लगाउन जरुरी भएको निश्कर्ष निकालेको मन्त्री ज्ञवालीले जानकारी दिए ।
















१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया