अक्सिजन अभाव हुन नदिने सीसीएमसीको निर्णय

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थान केन्द्र ९सीसीएमसी० ले अक्सिजन अभाव हुन नदिने भएको छ । सीसीएमसीको सिंहदरवारमा आज बसेको बैठकले अक्सिजन अभाव हुन नदिन आवश्यक सवै प्रक्रिया अवलम्बन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा नीजि क्षेत्रको सहभागितामा व्यवस्थापन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले कानुनी प्रक्रियामा अड्किएर नागरिकको ज्यान जान दिन नुहने भन्दै त्यसका लागि आवश्यक निर्णय र प्रक्रिया अघि बढाउन सरोकारवाला मन्त्रलयहरुलाई निर्देशन दिएको परराष्ट्मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार बैठकमा बाधा अड्चन हटाउने तथा अक्सिजन उत्पादन बढाउने, त्यसका लागि उद्योगीहरुसँग सहकार्य गर्ने, लिक्वीड अक्सिजन आयात बढाउन भारतसँग आग्रह गर्ने, सिलिण्डरहरुको व्यवसथपन गर्ने लगायतका विषयमा छलफल भएको छ । अक्सिजन अभाव हुन नदिन चीन र ओमनबाट मगाएकाले आगामी दिनमा अक्सिजन अभाभव हुन नदिने उनले बताए ।
बैठकमा स्वास्थ्य संकटकालका बारेमा समेत छलफल भएको जनाएको छ । बैठकले समग्र स्वास्थ्य प्रणालीलाई महामारीकाविरुद्ध लगाउन जरुरी भएको निश्कर्ष निकालेको मन्त्री ज्ञवालीले जानकारी दिए ।










मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक ६ सयलाई रोजगारी
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध
नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ
सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण
न्युयोर्कका नवनिर्वाचित मेयर मम्दानीलाई भेट्दै ट्रम्प
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
प्रतिक्रिया