शंकर पोखरेल र महेश बस्नेत आउने भएपछि बारामा विरोध प्रदर्शन, ‘कर्फ्यू’ आदेश जारी

काठमाडाैं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत आउने भएपछि बारामा विरोध प्रदर्शन भएको छ । बुधबार महासचिव पोखरेल र बस्नेत एमालेको कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत बारा आउन लागेका थिए ।
उनीहरू सिमरा जान लागेको सूचनासँगै सिमरा विमानस्थलमा जेन–जी युवाहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले सडकमा टायर बालेका छन् ।
विरोध प्रदर्शन उग्र भएसँगै यहाँ कर्फ्यु जारी गरिएको छ । साथै सुरक्षा व्यवस्थामा समेत कडाइ गरिएको छ ।
सिमरा विमानस्थल आसपास क्षेत्रमा जेनजी युवाहरुको प्रदर्शन तथा राजनीतिक दल आवद्ध समूहहरुबीच झडप भइरहेकाले सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारी कार्यालयलगायत निजी सम्पत्ति क्षतिथ हुन नदिन एव परिस्थिति थप विग्रन नदिन ‘कर्फ्यू’ लगाइएको प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् ।
आज दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) बमोजिम बाराको जीतपुर सिमरा उपमहानगरपालिका भित्र चारकिल्ला क्षेत्र निर्धारण गरेर ‘कर्फ्यू’ आदेश जारी गरिएको हो ।
गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दाँया-बाँया ५ सय मिटरसम्म तथा सिमरा विमानस्थलको वरिपरि ५ सय मिटरसम्म कसैले आवतजावत, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने गरी ‘कर्फ्यू’ आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले जारी गरेको आदेशमा उल्लेख छ ।
















चिनियाँ परराष्ट्रमन्त्रीद्वारा मन्त्री खनाललाई बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण
इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून
कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया