शंकर पोखरेल र महेश बस्नेत आउने भएपछि बारामा विरोध प्रदर्शन, ‘कर्फ्यू’ आदेश जारी

काठमाडाैं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत आउने भएपछि बारामा विरोध प्रदर्शन भएको छ । बुधबार महासचिव पोखरेल र बस्नेत एमालेको कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत बारा आउन लागेका थिए ।
उनीहरू सिमरा जान लागेको सूचनासँगै सिमरा विमानस्थलमा जेन–जी युवाहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले सडकमा टायर बालेका छन् ।
विरोध प्रदर्शन उग्र भएसँगै यहाँ कर्फ्यु जारी गरिएको छ । साथै सुरक्षा व्यवस्थामा समेत कडाइ गरिएको छ ।
सिमरा विमानस्थल आसपास क्षेत्रमा जेनजी युवाहरुको प्रदर्शन तथा राजनीतिक दल आवद्ध समूहहरुबीच झडप भइरहेकाले सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारी कार्यालयलगायत निजी सम्पत्ति क्षतिथ हुन नदिन एव परिस्थिति थप विग्रन नदिन ‘कर्फ्यू’ लगाइएको प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् ।
आज दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) बमोजिम बाराको जीतपुर सिमरा उपमहानगरपालिका भित्र चारकिल्ला क्षेत्र निर्धारण गरेर ‘कर्फ्यू’ आदेश जारी गरिएको हो ।
गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दाँया-बाँया ५ सय मिटरसम्म तथा सिमरा विमानस्थलको वरिपरि ५ सय मिटरसम्म कसैले आवतजावत, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने गरी ‘कर्फ्यू’ आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले जारी गरेको आदेशमा उल्लेख छ ।
















Gold, silver prices reach all-time high
संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया