कम्बोडियामा बस नदीमा खस्दा १३ जनाको मृत्यु
मेरोन्यूज
२०८२ मंसिर ४ गते १४:५३

मध्ये कम्बोडियाको कम्पोङ थोम प्रान्तमा बिहीबार एउटा बस पुलमा ठोक्किएर नदीमा खस्दा १३ जनाको मृत्यु भएका छन् । यस्तै २४ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले बताएका छन् ।
सान्टुक जिल्लामा स्थानीय समय अनुसार बिहान करिब ३ः०० मा उक्त दुर्घटना भएको सान्टुक जिल्लाका उप प्रहरी प्रमुख सिव सोभन्नाले बताएका छन् । दुर्घटनाको लगत्तै घाइते तथा मृतकहरूलाई अस्पताल लगिएको जनाउदै उहाँले सबै पीडितहरू कम्बोडियाका भएको उल्लेख गरेका छन् ।
सरकारी प्रतिवेदन अनुसार सन् २०२५ को पहिलो नौ महिनामा सडक दुर्घटनाका कारण कम्बेडियामा एक हजार ६२ जनाको मृत्यु भएको थियो भने दुई हजार २५६ जना घाइते भएका थिए ।
सम्बन्धित
















सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
चोरीका सामान र नगदसहित चार जना पक्राउ
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया