शुक्रबार, मंसिर ५, २०८२

पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो

मेरोन्यूज २०८२ मंसिर ४ गते १८:०७

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले आज सर्वसाधारणलाई भगवान् पशुपतिनाथको नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको दर्शन गराएको छ ।

कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्यका दिन नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षसहित प्राचीन महत्त्वका गरगहनालगायत सामग्री सर्वसाधारणलाई देखाउने परम्परा छ । सोही परम्परा अनुसार आज बिहान ९ः०० बजेदेखि ११ः१५ बजेसम्म सुरक्षा निकायको सहयोगमा ती सामाग्री प्रदर्शन गरिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।

यसअघि मार्गशीर्ष कृष्ण आमावास्याका दिन (मङ्सिर २ गते) मङ्गलबार बिहान १०ः०० बजेदेखि ११ः३० बजेसम्म पनि सुरक्षा निकायको सहयोगमा नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्त्वका गरगहना सर्वसाधारणलाई देखाइएको थियो ।

मार्गशीर्ष कृष्ण त्रयोदशीका दिनदेखि एक वर्ष सुरक्षित रूपमा ती सामग्री राखिएको छ ।

प्रतिक्रिया