कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
मेरोन्यूज
२०८२ मंसिर ५ गते ९:१४

ब्राजिलको बेलेममा जारी संयुक्त राष्ट्र संघ कोप ३० जलवायु शिखर सम्मेलनको मुख्य स्थलमा आगलागी हुँदा १३ जना घाइते भएका छन् ।घटनाको समयमा १९० भन्दा बढी देशका ५० हजारभन्दा बढी कूटनीतिज्ञ, पत्रकार र कार्यकर्ताहरू मण्डपमा भेला भएका थिए।
आगलागीले हजारौं मानिसहरूमा त्रास फैलाएको थियो । घटनास्थलबाट प्राप्त भिडियो र तस्वीरहरूमा मानिसहरू आफ्नो ज्यान जोगाउन भागिरहेको देखिएको छ। यसैबीच, मण्डपबाट आगो र कालो धुवाँको मुस्लो निस्किरहेको देखिएको थियो। धेरै किलोमिटर टाढाबाट धुवाँ देख्न सकिन्थ्यो।
दर्जनौं एम्बुलेन्स र दमकल घटनास्थलमा पुगेका थिए । लगभग छ मिनेटमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण भने अझै खुलेको छैन । आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।
सम्बन्धित
















सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
चोरीका सामान र नगदसहित चार जना पक्राउ
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया