जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सरकार जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा दायाँबायाँ नलाग्ने स्पष्ट पारेकि छिन् । जेनजी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग आज भएको छलफलमा उनले जेनजीसँग सम्झौता गर्ने विषय अन्तिम चरणमा पुगेको जानकारी गराइन्।
“यहाँहरूको मागका विषयमा राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुगिनेछ,” प्रधानमन्त्री कार्कीले भनीन्, “जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जान सक्दैन, यहाँहरूको माग पूरा हुनेमा ढुक्क हुनुहोस् ।” सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने एवं प्रतिक्रान्ति गर्न दमनकारीहरू सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय गम्भीरतापूर्वक उठाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कतिपय विषयमा सरकारको संवैधानिक र कानुनी सीमा पनि ख्याल गर्नुपर्ने भएकाले त्यसलाई बुझिदिन प्रधानमन्त्री कार्कीले ती समूहका प्रतिनिधिहरूलाई आग्रह गरेका थिए । उनले चुनावमा भाग लिनका लागि आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि उहाँहरूलाई सुझाव दिए ।













Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
प्रतिक्रिया