प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ शब्दमाथि सर्वोच्चमा रिट दायर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । अधिवक्ता चन्द्रकान्त ज्ञवालीले कानुनविपरीत प्रधानमन्त्रीले सपथ लिएको भन्दै बदर गर्न माग गरिएको स्रोतले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दुई वटा महत्वपूर्ण अंश भन्न मानेका थिएनन् । ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश भन्न मानेका थिएनन् ।
प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्याएकी थिइन् । ओलीले भने ‘यो पर्दैन’ भन्दै शपथ ग्रहणको बाँकी अंश भन्न सुरु गरेका थिए । उनको जवाफ सुनेर राष्ट्रपति हाँसेकी थिइन् । यस्तै, ओलीले शपथमा प्रयोग भएको ‘ईश्वर’ भन्ने शब्दसमेत उच्चारण गरेनन् ।
शपथ र शपथपछि प्रधानमन्त्रीले सात मन्त्रीको नियुक्तिविरूद्ध अधिवक्ता सन्तोष भण्डारीले अर्को रिट पेश गरेका छन् ।
सन् २००८ मा पहिलोपटक अमेरिकाको राष्ट्रपति बनेका बराक ओबामाले भूलवश एउटा वाक्यांश यताउता पारेर पढेपछि दोहोर्याएर शपथ लिएका थिए । अमेरिकी संविधानअनुसार शपथको भाषा तोकिएको हुन्छ । उनले आफ्नो शपथको महत्वपूर्ण अंश ुमैले निष्ठापूर्वकु भन्ने वाक्य अघि नै बोल्नु पर्नेमा पछाडि बोलेका थिए ।
नेकपा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त भएको तीन दिनपछि बिहीबार राष्ट्रपति भण्डारीले पुनस् प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । प्रधानमन्त्री ओलीले अब एक महिनापछि संसदमा विश्वासको मत लिनु पर्नेछ । विश्वासको मत पाएनन् भने उनी फेरि पद मुक्त हुने छन् ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया