नेप्सेमा उच्च अंकले वृद्धि

काठमाडौं । कारोबार हुने साताको पहिलो दिन आज आईतबार नेप्से सूचक ५४ दशमबल २६ अंकले वृद्धि भएको छ । स्टक एक्सचेञ्जमा आबद्ध हुने कम्पनीको शेयर कारोबार मापक अघिल्लो दिनको तुलनामा शुन्य दशमलब २ प्रतिशतले वृद्धि भई २ हजार ७ सय ३८ दशमबल ३५ को बिन्दुमा पुगेको हो ।
आइतबार कारोबार भएका कूल २ सय १४ कम्पनीका १ लाख १३ हजार ६९ कारोबारबाट आज १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरका २ करोड १३ लाख २८ हजार ८ सय ८२ कित्ता शेयर खरिद बिक्रि भएको स्टक एक्सचेञ्जले जनाएको छ । लामो समयपछि बजारमा १० अर्ब बढीको कारोबार भएपछि बजारमा ठूला लगानीकर्ता प्रवेश गरिएको आंकलन गरिएको छ । शेयर लगानिकर्ता नवराज अधिकारीले बजारमा शेयर बजार बुझेका व्यक्ति लगानीमा प्रवेश गरको बताउछन् ।
उनले लगानीकर्ताको मनोबल बढेको र बजारले पनि राम्रो व्यापार लिएको बताए । आइतबार नेप्से परिसुचकमा बढोत्तरी भएपनि २ सय १४ कम्पनीमध्ये ७० प्रतिशत कम्पनीको शेयर मूल्य बढ्न बाँकि रहेको स्टक एक्सचेञ्जले जनाएको छ । बढ्दो बजारमा जथाभावी लगानी नगरी आफुले शेयर खरिद गर्ने कम्पनीबारे जानकारी लिएर, जोखिम बहन गर्ने आफ्नो क्षमतालाई हेरेर मात्र लगानी गर्न शेयर विश्लेषकको भनाई छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया