चितवनमा थपिए २२ हजार मतदाता

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनमा २२ हजार ३३८ मतदाता थपिएका छन् । बायोम्याट्रीकबाट ११ हजार ९० र राष्ट्रिय परिचयपत्रमार्फत ११ हजार २४८ मतदाता थपिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमशेन कार्कीका अनुसार वायोम्याट्रीकबाट थपिएका मतदातामध्ये छ हजार ३११ पुरुष, चार हजार ७७६ जना महिला र तीन तेस्रो लिङ्गी रहेका छन् । उनका अनुसार अन्य जिल्लाका दुई हजार १२३ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । गत असोज १० गतेदेखि यही मङ्सिर ५ गतेसम्म ती मतदाताले आफ्नो नाम दर्ता गराएका हुन् ।
यस्तै त्रुटि सच्याउने ३४४ जना र ठाउँसारीका एक हजार ७२८ जनाले निवेदन दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा चार लाख २१ हजार ३९२ मतदाता थिए । त्यो बेला तेस्रो लिङ्गी मतदाता एक जना थिए ।
निर्वाचन आयोगले अन्तिम नामावली सार्वजनिक गर्दा सम्म यो सङ्ख्यामा केही थप हुनसक्ने प्रमुख कार्कीले बताइन्। बाहिरी जिल्लामा रहेका चितवन बासीले पनि नाम दर्ता गराएको हुनसक्ने भएकाले यो सङ्ख्यामा थपघट हुने उनले बताइन्।
यससँगै फागुनमा हुने निर्वाचनका लागि जिल्लामा १६२ वटास्थल यथावत राखिने भएको छ । एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र हुने भएकाले थपिएका मतदाताको आधारमा मतदान केन्द्र थप गरिने छ ।








प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
वीरगञ्ज नाका हुँदै चार महिनामा दुई खर्ब ८४ अर्बको सामान भित्रियो
नवलपरासीमा थपिए ६ हजार मतदाता
एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
सुदन गुरुङले आफ्नो घरमा गएर धम्की र ज्यानमाथि दागा गरेकाे किसान श्रेष्ठको आरोप
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
प्रतिक्रिया