संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त

जेनेरेटिभ एआई भविश्यमा मेरी शेलीद्वारा लिखित उपन्यास ‘फ्रान्केस्टाइन’ को प्रमुख पात्र (राक्षस) जस्तै समस्या बन्न सक्ने संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखले बताएका छन्। शक्तिशाली विशाल प्रविधि कम्पनीले विश्वमा एआइको प्रयोगलाई बिस्तार गरिसकेका र यसको विकासले मानव अधिकारका बिषयलाई छाँयामा पार्न सक्ने उनले बताएका हुन्।
संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले भने, “जेनेरेटिभ एआईसँग ‘ठूलो आशा’ छ तर विशुद्ध राजनीतिक वा आर्थिक फाइदाका लागि गरिने हेरफेरले समाजलाई विकृत गर्न र विचलित गर्न सक्छ।”
उनले भने, “गोपनीयता, राजनीतिक सहभागिता, अभिव्यक्ति स्वतन्त्रताजस्ता धेरै मानवअधिकारमाथि खतरा उत्पन्न हुनसक्ने सम्भावना विद्यमान समयमा नै स्पष्ट अनुभव गर्न थालिएको छ। “उचित सुरक्षा र नियमहरू बिना, एआई प्रणालीहरू आधुनिक समयको ‘फ्रान्केस्टाइन’ को राक्षसमा परिणत हुने सम्भावना छ,” उनले थपे ।
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तले ‘आजको चेतावनी भोलिको लागि ‘हानिमा परिणत हुन सक्छ’ र यसले उदीयमान प्रविधिहरूको प्रतिबद्धतालाई कमजोर पार्न सक्छ र अप्रत्याशित परिणामहरू निम्त्याउन सक्छ।” “यस्तो परिणाम रोक्न सरकारहरूको जिम्मेवारी हो।
टर्कले जेनेरेटिभ एआई बाहेक कर्पोरेट शक्तिको बढ्दो एकाग्रता र ‘सीमित’ व्यक्ति वा संस्थामा व्यक्तिगत र कर्पोरेट सम्पत्तिको ठूलो संचय’ हुनुबाट उत्पन्न हुनसक्ने खतरालाई पुष्टि पारेको छ। “केही अवस्थामा यो सम्पूर्ण देशको अर्थतन्त्रभन्दा बढी हुन्छ”, उहाँले भन्नुभयो, “जब शक्तिलाई कानूनले सीमित गर्दैन, यसले दुरुपयोग र अधीनता निम्त्याउन सक्छ।”
















प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति
राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाली क्लाइम्बिङ टोली चीन जाने
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया