कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
मेरोन्यूज
२०८२ मंसिर ९ गते ८:५५

धनगढी । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-१४ को बनकट्टी स्याउले क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले कच्ची घर भत्काएर आक्रमण गर्दा ४५ वर्षीया धना बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान करिब पौने ३ बजेतिर बिष्ट घरभित्र सुतिरहेका बेला हात्तीले कुल्चेर गम्भीर घाइते बनाएको थियो ।
उनलाई तत्काल उद्धार गरी महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पुगाइएको थियो तर बिष्टको उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको थियो ।
निकुञ्ज क्षेत्रमा हात्तीको आक्रमणबाट हरेक वर्ष मानिसको मृत्यु हुने गरेको छ । प्रहरीले स्थानीयलाई वन्यजन्तुबाट सावधानी अपनाउन तथा जोखिम क्षेत्र नजिक रातको समयमा सतर्क रहन आग्रह गरेको छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया