लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न जिल्लामा प्रहरीले एकै दिन १३ जनालाई अवैध तथा नियन्त्रित लागूऔषधसहित पक्राउ गरेको छ । कास्की, दाङ, बर्दिया, मकवानपुर, झापा, सुनसरी, मोरङ र बाँकेमा गरिएको जाँच, निगरानी तथा घर–तलासीका क्रममा ब्राउनसुगर, खैरो हेरोइन, ट्रामाडोल, स्पास्पेनलगायत लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन् ।
कास्कीको पोखराबाट मनोज श्रेष्ठ ब्राउनसुगरसहित पक्राउ परेका हुन् । दाङमा अलग अलग स्थानबाट कुमार नेपाली, विजय अधिकारी र कर्णबहादुर विकलाई ब्राउनसुगर तथा हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ ।
बर्दियाको गणेशपुर बाइपासमा दीपक थापा क्षेत्री ब्राउनसुगरसहित पक्राउ परेका छन् । मकवानपुरको हेटौँडामा घरतलासी क्रममा सीताराम दोङबाट हेरोइन र ५२ थान ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ । झापाको मेचीपुलमा जाँचका क्रममा भारतबाट प्रवेश गर्दै गरेको अवस्थामा दिलीपकुमार माझी र रोमा राणा ब्राउनसुगरसहित पक्राउ परेका छन् । सुनसरीमा धरानबाट सनम लिम्बू ट्रामाडोल, स्पास्पेन ट्याब्लेटसहित र इनरुवाबाट सन्तोष राई ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
मोरङको विराटनगरमा भारतबाट पैदल आउँदै गरेका दुर्गानन्द यादव हेरोइनसहित पक्राउ परेका छन् । बाँकेको चिसापानीमा विनोद थापामगर र विकास पाण्डेलाई प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको छ । सबै घटनामाथि सम्बन्धित प्रहरी कार्यालयहरूले आवश्यक अनुसन्धान अघि बढाएको छ ।









मलेसियामा बाढीको कारण १८ हजार भन्दा बढी विस्थापित
सुशासन प्रवद्र्धन र निर्वाचनको अभिभारा पूरा गर्ने सरकारको मुख्य जिम्मेवारीः गृहमन्त्री
पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा
लुम्बिनीलाई काठमाडाैंले दियो १५८ रनको लक्ष्य
Gold and silver price continues upward trend
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
प्रतिक्रिया