तोडफोड आगजनी भएका सार्वजनिक निकायलाई कागजात अद्यावधिक गर्न आह्वान

काठमाडौं । राष्ट्रिय सूचना आयोगले विपत्तिमा परेका सार्वजनिक निकायलाई कागजात अद्यावधिक गर्न आह्वान गरेको छ ।
आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सबै सार्वजनिक निकायलाई आफ्ना सबै सूचना पुनःप्राप्त गरी अद्यावधिक गर्ने, नष्ट भएका र सुरक्षित रहेका कागजातको विवरण तयार गरी अभिलेख राख्न आग्रह गर्दै त्यसको जानकारी राष्ट्रिय सूचना आयोगमा पठाउन आह्वान गरेको हो ।
‘आगजनी तोडफोडको विपत्ति भोगेका राजनीतिक दल, निजी क्षेत्र र राज्यका सबै सार्वजनिक निकायलाई आफ्ना सबै सूचना पुनःप्राप्त गरी अद्यावधिक गर्ने, नष्ट भएका र सुरक्षित रहेका कागजातको अलग अलग विवरण तयार गरी अभिलेख राख्न र सो विवरणको जानकारी राष्ट्रिय सूचना आयोगमा पठाउन सम्बन्धिन सबै सार्वजनिक निकायलाई राष्ट्रिय सूचना आयोगले आह्वान गरेको छ ।’, आयोगको विज्ञप्तिमा भनिएको छ ।
साथै जेन जी आन्दोलनका क्रममा सार्वजनिक निकायका भवनमा भएको आगजनी तथा तोडफोडको अवस्थाप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया