पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा

पोखरा । केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधन (इभी)को अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले पोखरामा सोरुम सञ्चालनमा ल्याएको छ । सोरुम सोमबारदेखि पोखराको बुद्धचोकमा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
केई र फोर्थिङ ब्रान्डले पश्चिम क्षेत्रमै आफ्नो उपस्थितिलाई विस्तार गर्दै आधुनिक, दिगो र भविष्यमुखी इभीलाई ग्राहकसम्म पुर्याउने कम्पनीले जनाएको छ ।
यसै अवसरमा कम्पनीले ग्रान्ड ओपनिङ अफर पनि सार्वजनिक गरेको छ । अफरमा नगद सुविधा, विशेष बोस इलेक्ट्रोनिक अप्लायन्सेस, एक वर्षको नि:शुल्क अटो प्लस बिमा तथा रोड–ट्याक्स प्याकेज समावेश छन् । त्यसैगरी, प्रत्येक बुकिङमा एक रातको आकर्षक स्टे–प्याकेज पनि रहेको बताइएको छ ।
नयाँ सोरुमले पोखराका इभी प्रेमीलाई उच्चस्तरीय खरिद अनुभव दिने कम्पनीको लक्ष्य छ ।

दिगो यातायात प्रवद्र्धन गर्ने उद्देश्यले लक्ष्मी ग्रुपले देशभर रिल्याक्स रिचार्ज नेटवर्कमार्फत ६३ भन्दा बढी चार्जिङ र रिपेयर स्टेसनको सञ्जाल विस्तार गरिसकेको छ ।
यसमार्फत ग्राहकलाई सहज इभी चार्जिङ तथा सेवा–सुविधा उपलब्ध गराउँदै इभी पूर्वाधारलाई अझ सुदृढ बनाइएको कम्पनीको दाबी छ ।
















Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया