पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा

पोखरा । केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधन (इभी)को अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले पोखरामा सोरुम सञ्चालनमा ल्याएको छ । सोरुम सोमबारदेखि पोखराको बुद्धचोकमा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
केई र फोर्थिङ ब्रान्डले पश्चिम क्षेत्रमै आफ्नो उपस्थितिलाई विस्तार गर्दै आधुनिक, दिगो र भविष्यमुखी इभीलाई ग्राहकसम्म पुर्याउने कम्पनीले जनाएको छ ।
यसै अवसरमा कम्पनीले ग्रान्ड ओपनिङ अफर पनि सार्वजनिक गरेको छ । अफरमा नगद सुविधा, विशेष बोस इलेक्ट्रोनिक अप्लायन्सेस, एक वर्षको नि:शुल्क अटो प्लस बिमा तथा रोड–ट्याक्स प्याकेज समावेश छन् । त्यसैगरी, प्रत्येक बुकिङमा एक रातको आकर्षक स्टे–प्याकेज पनि रहेको बताइएको छ ।
नयाँ सोरुमले पोखराका इभी प्रेमीलाई उच्चस्तरीय खरिद अनुभव दिने कम्पनीको लक्ष्य छ ।

दिगो यातायात प्रवद्र्धन गर्ने उद्देश्यले लक्ष्मी ग्रुपले देशभर रिल्याक्स रिचार्ज नेटवर्कमार्फत ६३ भन्दा बढी चार्जिङ र रिपेयर स्टेसनको सञ्जाल विस्तार गरिसकेको छ ।
यसमार्फत ग्राहकलाई सहज इभी चार्जिङ तथा सेवा–सुविधा उपलब्ध गराउँदै इभी पूर्वाधारलाई अझ सुदृढ बनाइएको कम्पनीको दाबी छ ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया