शनिबार, मंसिर १३, २०८२

पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश

मेरोन्यूज २०८२ मंसिर ११ गते १९:३९

काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङमा सुमीत वर्मा र बलिङमा विपीन खत्री चम्कदाँ पोखरा एभेन्जर्सले पहिलो जित हात परेको छ ।

साबिक विजेतासमेत रहेको जनकपुरले यसअघिका दुवै खेलमा विराटनगर बोल्ट्स र काठमाडौं गुर्खाजसँग हारेको थियो ।

बिहीबारको दोस्रो र सिजनको १४ औं खेलमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पोखराले पहिलाे ब्याटिङ रोजेको थियो । ब्याटिङमा सुमीत वर्मा चम्कदाँ पोखराले जनकपुरलाई १६५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।जवाफी ब्याटिङमा उत्रिएको जनकपुर निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १३० रनमा सीमित बन्दा पोखरा २५ रनले विजयी भएको हो ।

प्रतिक्रिया