कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । कृषि विकास बैंकलाई साउथ एसियन फेडरेशन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा “सर्वश्रेष्ठ वार्षिक प्रतिवेदन पुरस्कार, एकीकृत प्रतिवेदन पुरस्कार, तथा कर्पोरेट सुशासन प्रकटीकरणका लागि सार्क वार्षिकोत्सव पुरस्कार – २०२४” प्रदान गरिएको छ ।
“सार्वजनिक क्षेत्र” श्रेणीअन्तर्गत प्रदान गरिएका यी पुरस्कारहरू साफा र इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ पाकिस्तान (आइक्याप) द्वारा इस्लामाबाद, पाकिस्तानमा संयुक्त रूपमा आयोजित कार्यक्रममार्फत प्रदान गरिएका हुन् । इस्लामाबादमा बिहीबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पुरस्कार ग्रहण गरेका थिए ।
अन्तर्राष्ट्रिय तहमा प्राप्त यस सम्मानले इमानदारी, नैतिक आचरण, सुशासन, पालना , पारदर्शिता र उत्तरदायित्व प्रति निरन्तर प्रतिबद्धतालाई सशक्त रूपमा प्रतिबिम्बित गर्ने बैंकले जनाएको छ । साथै सरोकारवालाहरूलाई विश्वसनीय, गुणस्तरीय तथा पारदर्शी वित्तीय प्रतिवेदन प्रदान गर्न अझ उत्साहित र प्रेरित गरेकाे बैंकले जनाएको छ।














पाकिस्तानको पञ्जाबमा ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा १४ जनाको मृत्यु
भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
हाफ म्याराथनको उपाधि गुरुङलाई
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
प्रतिक्रिया