मंगलबार, मंसिर १६, २०८२

लिपमोटरले नोभेम्बरमा बेच्यो ७० हजार बढी ईभी

मेरोन्यूज २०८२ मंसिर १६ गते १६:२६

काठमाडौं । लिपमोटरले नोभेम्बरमा ७० हजार ३२७ सवारीसाधन बिक्री गर्दै नयाँ माइलस्टोन कायम गरेको छ । लगातार सातौं महिनाको बिक्री रेकर्ड तोड्दै कम्पनीले नयाँ उपलब्धि हाँसिल गरेको हो ।

नोभेम्बरको बिक्री गत वर्षको सोही अबधीको तुलनामा ७५ प्रतिशतले बढेको छ । कम्पनीले जनवरीदेखी नोभेम्बरसम्म कुल ५ लाख ३६ हजार १३२ युनिट कार बिक्री गरेको छ, जुन गतवर्षको तुलनामा ११३ प्रतिशतले बढी हो ।

सन् २०२५ मा कुल ५ लाख कार बिक्री गर्ने लक्ष्य लिएको लपमोटरले एक महिना बाँकी छँदै उक्त लक्ष्यभन्दा बढि कार बिक्री गरिसकेको छ । साथै, कम्पनीले अव २०२५ को अन्तिमसम्ममा ५ लाख ८० हजारदेखी ६ लाख ५० हजार युनिटसम्म कार बिक्री गर्ने लक्ष्य निर्धारण गरेको छ ।

२०२६ सम्ममा वार्षिक १० लाख कार बिक्री गर्ने लक्ष्य कम्पनीको रहेको छ । उक्त लक्ष्य पुरा गर्न लिपमोटरको विस्तारित लाइनअपले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । लिपमोटरको लाइनअपमा अहिले लाफा५ इलेक्ट्रिक ह्याचब्याक, ए१० कम्प्याक्ट इलेक्ट्रिक एसयूभी र ८० किलोवाट आवर ब्याट्री प्याक भएको फ्ल्यागशिप डी१९ एसयूभी जस्ता मोडेलहरु समावेश छन् ।

डिसेम्बर २८ मा आफ्नो १०औँ वार्षिकोत्सव मनाउने तयारीमा रहेको लिपमोटरले नेपाल सहित विश्व बजारमा उन्नत, प्रभावकारी र उच्च गुणस्तरका इलेक्ट्रिक सवारीसाधन उपलब्ध गराउने आफ्नो अभियान जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया