महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन् । सभापति देउवालाई भेट्न गएका पार्टीका युवा नेताहरूलाई १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाउन युवाको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
सभापति देउवाले महाधिवेशनमार्फत केन्द्रीय समितिमा युवाको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । सभापति देउवाले पार्टीको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म तोकिसकेकाले समयमै महाधिवेशन हुने उल्लेख गरे ।
सभापति देउवालाई भेट्न नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य रञ्जित कर्ण, नेविसङ्घका पूर्वउपाध्यक्ष पुष्पकुमार शाही, नवीन राई, नेविसङ्घका पूर्वमहामन्त्री दीपक भट्टराई, नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमाल, कांग्रेसका युवा नेताहरू बद्री अर्याल, दिलीप ढुङ्गाना पुगेका थिए।
















नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया