उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी

काठमाडौं । नेकपा एमालेकाे आसन्न ११औँ महाधिवेशनमा उपत्यकाबाट केन्द्रीय सदस्यका लागि युवा नेता हिमेश केसीले दावी पेश गरेका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. १० बाट एमालेका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका केसी स्थानीय र केन्द्रको राजनीतिमा प्रभावकारी रुपमा क्रियाशील छन् ।
लोकप्रियता र संगठनात्मक रूपमा महाधिवेशनमा उपत्यकाबाट केन्द्रीय सदस्यका लागि उनी सबैभन्दा बलिया दाबेदारका रूपमा चर्चामा छन् । २०५८ देखि सक्रिय राजनीतिक यात्रा सुरु गरेका केसी दुई दशकभन्दा बढी समयदेखि युवा संघ नेपाल र नेकपा (एमाले) को संगठनमा सक्रिय छन्। युवामाझ राजनीतिक चेतना जगाउने, संगठन विस्तार गर्ने र स्थानीय तहमा विकासका पहल अघि बढाउने कार्यमा उनले निरन्तर योगदान पुर्याउँदै आएका छन् ।
नेकपा एमालेले पछिल्ला वर्षहरूमा युवा पुस्तालाई उल्लेखनीय रूपमा स्थान दिन थालेको छ । यही धार अन्तर्गत पार्टीले समेत आफुलाई प्राथमिकता राखेर युवा नेता हिमेश केसीलाई अगाडि बढाउने उनको विश्वास छ । केसीको प्राथमिकता सदैव युवा नेतृत्वको विकास र स्थानीय तहमा प्रभावकारी काममार्फत परिवर्तन ल्याउने रहेको छ। “सुखी नेपाली, समृद्ध नेपाल” को राष्ट्रिय लक्ष्यलाई मूर्तरूप दिन युवालाई अवसर, सम्मान र काम गर्ने अनुकूल वातावरण अत्यावश्यक छ भन्ने उनी मान्छन्।
युवाको सक्रियता र क्षमताले मात्र राष्ट्रको दीर्घकालीन स्थिरता र विकास सुनिश्चित गर्न सकिने उनको विश्वास छ। स्थानीय विकासका योजनामा पनि केसीले सडक, आधारभूत संरचना, सामाजिक अभियान र जनसहभागितामूलक कार्यक्रमहरूलाई प्राथमिकता दिएका छन्। केसीले भन्छन्—”नेपालमा दीर्घकालीन समृद्धि युवाको सशक्त सहभागिता बिना सम्भव छैन ।”
युवालाई अवसर, सीप र सम्मान दिने नीति निर्माण गर्नुपर्नेमा उनकाे जाेड छ । त्यस्तै स्थानीय विकासलाई दिगो र जनमुखी बनाउनुपर्ने, देशको समृद्धि लक्ष्यलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्नेमा उनकाे विशेष जोड छ । यिनै एजेन्डाले उनी महाधिवेशनमा उम्मेदवारी दिने तयारीमा छन् ।









एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
सभापतिको उम्मेदवार बन्ने गगन थापाको घोषणा
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
एनपीएल : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा
प्रतिक्रिया