नेप्सेमा लगातर दुईदिन वृद्वि
मेरोन्यूज
२०७८ जेठ ३ गते १६:४५

काठमाडौं । यो साताका पहिला दुईदिन लगातर नेप्से परिसूचकमा बृद्धि भएको छ । साताको पहिलो दिन आइतबार ५४ अंकले बढेको नेप्से परिसूचक दोस्रो दिन सोमबार २०.७ अंकले उकालो लागेको छ ।
लगातार दुई दिन दोहोरो अंकले बढेर नेप्से परिसूचक २ हजार ७ सय ५९ दशमलव २१ अंकमा पुगेको छ । आज ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा वृद्धि भएर सेन्सेटिभ इन्डेक्स ४ दशमलव ४५ अंक भएको छ । आइतबार १० अर्ब माथिको सेयर कारोबार भएको थियो ।
आज ९ अर्ब ५७ करोड रुपैयाँ माथि कारोबार रकम पुगेको छ । सोमबार अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेको छ । आईपीओ सूचीकृत भएसँगै रुरु जलविद्यतु कम्पनीको सेयर मूल्यमा आज प्रतिकित्ता ९ सय ६८ रुपैयाँ पुगेको छ ।
समता घरेलु लघुवित्त तथा राधी जलविद्युतसहित ११ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
सम्बन्धित
















सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता
बागलुङ कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
Tipper driver dies from electrocution in Siraha
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
प्रतिक्रिया