जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि पनि जनताको जीवनमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको बताएका छन् । आज जनकपुरधाममा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभामा उनले जेनजीले पुरानो पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर पनि दिएको उल्लेख गरे।
जनेजी आन्दोलनपछि समीक्षा गर्दै नयाँ ढङ्गले रुपान्तरणका साथ मुलुकको विकासमा लाग्न पार्टीहरुबीच बृहत एकता गरिएको उहाँको भनाइ छ । प्रचण्डले सबै जनताको एकताले मात्रै प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउनु सकिने भन्दै त्यसको नेतृत्व नेकपाले गर्ने धारणा राखे ।
नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले हजाराँैंको सङ्ख्यामा युवाहरु आफ्नो पार्टी प्रवेश गरेको दाबी गर्नुभयो । उनले पार्टी एकता भएपछि सबैतिर सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । नेकपाले पार्टी एकताको सन्देश दिन विभिन्न प्रदेशमा सन्देशसभा गर्दै आएको छ । पार्टीले कर्णाली र काठमाडौँमा पनि एकता सन्देशसभाको आयोजना गर्ने जनाएको छ ।
















अभिनेता सुनील थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
अण्डाको मूल्यमा भारी गिरावट
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
गुल्मी–२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया