स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा

काभ्रेपलाञ्चोक । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अब काभ्रेपलाञ्चोकका आठ अस्पतालबाट प्रथम सेवा प्रदान गर्न थालिएको छ ।
आइतबारदेखि थप एक मण्डनदेउपुर नगरले सञ्चालनमा ल्याएको आधारभूत अस्पतालले सेवा थालनी गरेपछि जिल्लाबाट उक्त सेवा प्रदान गर्ने अस्पताल आठ पुगेको हो । उक्त अस्पतालले गत साउन अन्तिम साता स्वास्थ्य बीमा बोर्डमा आबद्ध भई प्रथम सेवा केन्द्रको स्वीकृति पाएको थियो । सेवाको बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले औपचारिक रूपमा प्रारम्भ गरेका हुन् ।
कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाईबाले स्वास्थ्य बीमालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न नगरपालिकाले आवश्यक तयारी गरी आइतबारदेखि औपचारिक रूपमा सेवा सुरु गरिएको बताए। उनका अनुसार नगरका ६५ प्रतिशत नागरिकले स्वास्थ्य बीमा गरेका छन् ।
यसअघि सुन्थान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र तथा बनेपा नगर अस्पताल र मेथिनकोट प्रादेशिक अस्पतालले स्वीकृत पाई सेवा प्रदान गर्दै आएका छन् । धुलिखेल नगरले भने आफ्नो स्वास्थ्य केन्द्र भवनको सेवालाई गत साउन २६ गतेदेखि धुलिखेल अस्पतालको परिसरबाट सेवा सुरु गरेको छ । यसअघि उक्त केन्द्रले भौतिक पूर्वाधार तथा जनशक्ति अभावको कारण देखाउँदै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु सेवा दिन आलटाल गरिरहेको थियो । नगरले धुलिखेल अस्पतालमा बिमा सेवा लिन आउनेलाई सजिलो होस् भनेर धुलिखेल अस्पताल परिसरको भवनबाटनै चिकित्सक, नर्स, औषधिसहित ‘रिफरल’ सेवा सुरु गरिएको जनाएको छ ।
गत साउन १ गतेदेखि सरकारले सरकारी स्वास्थ्य संस्था नै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु हुने नियम लागू गरेको थियो । विसं २०७६ मङ्सिर १ गतेदेखि प्रथम सेवा विन्दुको रूपमा सूचीकृत जिल्लाका चार स्वास्थ्य संस्थामध्ये मेथिनकोट अस्पताल र प्रास्वाके सुन्थान र खोपासीले मात्रै यसअघि सेवा दिँदै आएका थिए ।









एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
निर्वाचन निर्धारित समयै सम्पन्न गराउन प्रधानमन्त्रीले मागिन् सहयोग
सिद्धार्थ बैंकका ग्राहकलाई चम्पादेबी हिलसाईड रिसोर्टमा विशेष छुट
कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
‘जेरी अन टप’ले मनायो ५१औँ दिन, अहिलेसम्मको कमाइ कति ?
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
प्रतिक्रिया