यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा यही डिसेम्बर १२ देखि हुने एसीसी पुरुष यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार अशोक धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणाा गरेको हो।
टोलीमा नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिस लोहार, नितेस पटेल, चन्दन रामरोशन विक, विपिन शर्मा, वंश छेत्री र युवराज खत्री रहेका छन्।
नेपालको पहिलो खेल श्रीलंकासँग डिसेम्बर १३ तारिखमा राखिएको छ। यस्तै, दोस्रो खेल डिसेम्बर १५ मा बंगलादेश र तेस्रो डिसेम्बर १७ मा अफगानिस्तानसँग रहेको छ।
प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्।
समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया रहेका छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन्।
प्रतियोगिताका खेल आईसिसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन्। दुवै समूहबाट शीर्ष दुईमा रहने टोली डिसेम्बर १९ तारिखमा सेमिफाइनल खेल्नेछन्।
उपाधि भिडन्त डिसेम्बर २१ तारिखमा हुनेछ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया