जेनजी र सरकारबीचको सम्झौतालाई ओलीले भने- ‘कलाविहीन भद्दा नाटक’
मेरोन्यूज
२०८२ मंसिर २५ गते १४:५८

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारबीच भएको सम्झौताप्रति कटाक्ष गरेका छन्। बिहीवार काठमाडौंमा सम्पादकहरुसँगको संवादमा उनले उक्त सम्झौतालाई ‘कलाविहीन भद्दा नाटक’को संज्ञा समेत दिए।
ओलीले सरकार र जेनजीबीच भएको सम्झौता सोही ठाउँमा च्यातेर अस्वीकार भएको भन्दै धेरै टिप्पणी गर्न आवश्यक नहुने तर्क गरे । ‘हिजो एउटा कलाविहीन नाटक भयो, गोबर टाँसेको सरकारले त्यो नाटक गर्यो,’ ओलीले भने, ‘त्यहीँ अस्वीकार भयो, त्यहीँ च्यातिदियो, त्यसैले त्यो कलाबिहीन भद्दा नाटक हो।’
वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने बताउँदै ओलीले संसद पुनःस्थापना नै अब अन्तिम विकल्प भएको धारणा व्यक्त गरे।
सम्बन्धित








यस्ताे छ आजकाे माैसम पूर्वानुमान
एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
प्रतिक्रिया