जेनजी र सरकारबीचको सम्झौतालाई ओलीले भने- ‘कलाविहीन भद्दा नाटक’
मेरोन्यूज
२०८२ मंसिर २५ गते १४:५८

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारबीच भएको सम्झौताप्रति कटाक्ष गरेका छन्। बिहीवार काठमाडौंमा सम्पादकहरुसँगको संवादमा उनले उक्त सम्झौतालाई ‘कलाविहीन भद्दा नाटक’को संज्ञा समेत दिए।
ओलीले सरकार र जेनजीबीच भएको सम्झौता सोही ठाउँमा च्यातेर अस्वीकार भएको भन्दै धेरै टिप्पणी गर्न आवश्यक नहुने तर्क गरे । ‘हिजो एउटा कलाविहीन नाटक भयो, गोबर टाँसेको सरकारले त्यो नाटक गर्यो,’ ओलीले भने, ‘त्यहीँ अस्वीकार भयो, त्यहीँ च्यातिदियो, त्यसैले त्यो कलाबिहीन भद्दा नाटक हो।’
वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने बताउँदै ओलीले संसद पुनःस्थापना नै अब अन्तिम विकल्प भएको धारणा व्यक्त गरे।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया